अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५०
| Colorodo: 02:05
गुल्मीमा आगलागीमा जलेर १ जनाको ज्यान गएको छ । स्थानिय चन्द्रकोट गाउँपालिका–४, शान्तिपुरको बसपार्कमा रहेको किराना पसलमा सोमबार दिउँसो आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ ।
बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका १५ वर्षीय छोरा समिर खनालको मृत्यु प्रहरीले जनाएको छ । आगलागीमा परेर एकै परिवारका ३ जना घाइते भएको चन्द्रकोट प्रहरीचौकीका इन्चार्ज रामप्रसाद धबलले जानकारी दिनुभयो । पसलमा पेट्रोल र डिजेलजस्ता प्रज्वलनशील पदार्थसमेत बिक्री हुने गरेकाले आगो निभाउन कठिनाई भएको उहाको भनाई छ ।
आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट पसलका सबै सामग्री जलेर नस्ट भएका छन् ।
