अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 14:08

सरकारले ल्याएको अध्यादेशमा कांग्रेसको टिप्पणी– “बेमौसमी बाजा नबजाऔं”

बिआरटीनेपाल २०७७ वैशाख ८ गते ८:१५ मा प्रकाशित

संबैधानिक परिषद्को गणपुरक संख्या घटाउने र पार्टी फुटाउन संसदीय दल वा केन्द्रीय समिति एकमा ४० प्रतिशत भए पुग्ने गरी अध्यादेश ल्याउने सरकारको निर्णयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा टिप्पणी गरेको छ । कोरोनाभाइरस महामारी संकटका बेला यस्तो बिषय आउनु आपत्तिजनक रहेको उसको भनाई छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई संकटका बेला बेमौसमी बाजा नबजाउन आग्रह गर्नुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पार्टी फुटाउन संसदीय दल वा केन्द्रीय समिति एकमा ४० प्रतिशत भए पुग्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो। यसैगरी संबैधानिक परिषद्मा गणपूरक संख्या अध्यक्ष र चार सदस्यको रहने व्यवस्था भएकोमा अब अध्यक्ष र तीन सदस्य उपस्थित हुँदा बैठक बस्ने व्यवस्था गर्न लागिएको छ ।

उक्त निर्णय बाहिरिएपछि कांग्रेस प्रवक्ता शर्माले बेमौसमी बाजाझ नबजाउन सरकारलाई आग्रह गर्नुभएको हो । संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने रहेको उल्लेख गर्दै शर्माले नेपालका लागि पनि यतिबेला अन्य सबै बिषय गौण रहेको र रहनुपर्ने बताउनुभएको छ । सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्ने शर्माको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय