अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४८ | Colorodo: 21:03

मुस्लिम आयोगले देशभरका मस्जिद र मदरसा अनुमगन गर्ने

बिआरटीनेपाल २०७७ वैशाख ७ गते ७:३१ मा प्रकाशित

उदयपुर र पर्साका मस्जिदमा बसेका मुस्लिम समुदायका नागरिकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि राष्ट्रिय मुस्लिम आयोगले देशभरका मस्जिद र मदरसा अनुमगन गर्ने भएको छ । आयोगका अध्यक्ष समिम मिया अन्सारीका अनुसार यस विषयमा थप छलफलका लागि सबै राजनीतिक दल आबद्ध मुस्लिम सङ्गठनका नेता, नेपालका जमाती प्रमुख, मुस्लिम सांसद र अगुवाको बैठक बोलाइएको छ ।

आयोगको कार्यालयमा अहिले बैठक बसिरहेको छ । विदेशी जमातीका कारण नेपालका मुस्लिम समुदायलाई मधेशका कतिपय ठाउँमा अप्ठेरो पर्न थालेपछि बैठक राखिएको अन्सारीले बताउनुभयो । नेपालमा आएर बसेका जमातीलाई सम्बन्धित देशसँग कुरा गरेर सरकारले पठाउनुपर्ने अन्सारीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय