अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५२ | Colorodo: 05:07

जनकपुरका सडकमा पैसा छर्दै हिड्ने कोरोना आंशका गरिएका २ महिला पक्राउ

बिआरटीनेपाल २०७७ वैशाख ६ गते ७:३८ मा प्रकाशित

जनकपुरमा सडकमा पैसा छर्दै हिड्ने कोरोना आशंका गरिएका महिला पक्राउ परेका छन् । लकडाउनको बेला शंकास्पद रुपमा सडकमा पैसा छर्दै हिड्ने जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का आमुना खातुन र अलिना खातुन पक्राउ परेका हुन् ।

आमुना र अलिनालाई प्रहरीले शनिबार जानकी नगरस्थित मदरसा पछाडिबाट पक्राउ गरेको हो। उनीहरूले शुक्रबार महावीरचौक सडकमा पैसा छरेर हिडेका थिए । मुलुकमा कोरोना भाइरस संक्रमित संख्या बढिरहेको र त्यसप्रति सतर्कता अपनाउन लकडाउन भइरहेको बेला उनीहरुले शंकास्पद रुपमा सडकमा भारतीय रुपैयाँ छर्दै हिडेका थिए ।

उनीहरुले बुर्का लगाएको अवस्थामा सडकमा पैसा छर्दै हिडेका हुन् । सडकमा त्यसरी पैसा छर्दै हिडेपछि उनीहरुले कोरोना संक्रमण फैलाउन खोजेका हुन् कि ? भन्ने शंका भइरहेको छ । प्रहरीले त्यही आशंकामा उनीहरुलाई तीब्र रुपमा खोजी गरिरहेको थियो । पक्राउ परेका आमुना र अलिना भाउजु– नन्द रहेको प्रहरीले जनाएको छ । पक्राउपछि प्रहरीले उनीहरूसँग पैसा छर्नुको कारणबारे सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय