अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०० | Colorodo: 18:15

मुलुकभर आरडीटी परिक्षण, उदयपुर र चितवनका कोरोना संक्रमित १४ जनाको सम्पर्कमा आएकाको खोजी सुरु

बिआरटीनेपाल २०७७ वैशाख ६ गते ७:३१ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुर र चितवनमा कोरोना संक्रमण देखिएका १४ जनाको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी र परीक्षण सुरु गरेको जनाएको छ ।मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरका १२ जना र चितवनका दुईजनाको सम्पर्कमा आएका सबै व्यक्तिको परीक्षण गरिने बताउनुभयो ।

आरडीटी’ परीक्षण ७७ ओटै जिल्लामा सुरु भइसकेको भन्दै उहाँले हालसम्म १९ हजार ४५४ जनाको परीक्षण गरिएको जानकारी दिनुभएको छ । विभिन्न जिल्लामा आरडीटी ‘पोजिटिभ’ देखिएका ‘केस’हरुको पनि ‘पीसीआर’बाट परीक्षण भइरहेको डा. देवकोटाले बताउनुभयो । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ८० जनाको र्यापिड टेष्ट गरिएको डा. देवकोटाको भनाई छ ।

यस्तै, डा. देवकोटाले ‘लकडाउन’का कारण मानसिक र विभिन्न समस्यामा परेका किशोर–किशोरी र बालबालिकाहरुलाई विशेष ध्यान पुर्याउन अभिभावकहरुलाई अनुरोध समेत गर्नुभएको छ ।

सरकारले अहिलेसम्म पीसीआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण गरेको जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ सय २ जनामा पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय