स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका सम्बन्धमा मर्यादा विपरित काम गरेको भन्दै टेकु अस्पतालका डा.शेर बहादुर पुनसँग स्पष्टिकरण मागेको छ। मन्त्रालयले डा. पुनले कोरोनाका विषयमा जथाभावी अभिव्यक्ति दिनुका साथै संक्रमितको फोन नम्बर लिक गरेको भन्दै मर्यादा विपरीत गतिविधि गरेको ठहर सहित जवाफ मागेको जनाएको छ। मौखिक रुपमा मन्त्रालय बोलाउँदा डा. पुन उपस्थित नभएपछि पत्र काटेको मन्त्रालयको प्रशासन शाखाका प्रमुख रघुराम विष्टले जानकारी दिनुभयो ।
केही कुरामा कन्फ्युजन भइरहेको र त्यसका लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मार्फत डा. पुनलाई दुई पटक मन्त्रालयले बोलाउँला पनि उहाँ उपस्थित नभएकोले चिठ्ठी लेख्नु पर्ने बाध्यता आएको मन्त्रालयले स्पष्ट पारेको छ । डा.पुन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत् हुनुहुन्छ ।
यसैबीच, डा. पुनले महामारीविरुद्ध जनचेतना जगाउनु आफ्नो दायित्व रहेको भन्दै मर्यादाविपरितको कुनै काम नगरेको स्पष्ट पार्नुभएको छ ।
