अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४०
| Colorodo: 05:55
बहराइनमा रहेका थप २७ नेपालीमा नोबेल कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ती जारी गर्दै थप २७ जना नेपाली कामदारलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको बताएको हो । यससँगै बहराइनमा कोरोनाबाट सङ्क्रमित हुने नेपालीको सङ्ख्या ४९ पुगेको छ ।
दूतावासले बहाराइनमा बसिरहेका नेपालीहरूलाई भाइरसको सङ्क्रमण रोक्न त्यहाँको सरकारले लगाएगरेका घोषणाको पूर्ण पालना गर्नसमेत आग्रह गरेको छ । हाल बहराइनमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाउँदै सकेसम्म घरबाटै काम गर्न प्रोत्साहन गरिएको छ ।