अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या ३० पुग्यो, १४ जना नयाँ संक्रमित थपिए

बिआरटीनेपाल २०७७ वैशाख ५ गते ८:०८ मा प्रकाशित

नेपालमा कोरोना भाईरस (कोभिड– १९) संक्रमितको संख्या ३० पुगेको छ । शुक्रवार १४ जना नयाँ कोरोना संक्रमित थपिएसंगै संख्या बढेको हो । उदयपुरको एक मस्जिदमा लुकेर बसेका १६ जना भारतीय र बंगाली मुस्लिममध्ये ‘पीसीआर’ परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चितवनमा पनि २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उदयपुरमा मस्जिदमा विदेशी मुस्लिमहरु लुकेर बसेको थाहा पाएपछि प्रशासनले उनीहरुलाई समातेर कोरोना परीक्षण गराएको थियो । हालसम्मको अध्यावधिक विवरण अनुसार कोभिड– १९ को जम्मा पुष्टि भएको संख्या ३० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज भेटिएका संक्रमितहरुमा उदयपुर जिल्लाका १२ जना नै पुरुष रहेका छन् । उनीहरु क्रमशः ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय रहेको बताईएको छ । यसैगरी चितवन जिल्लामा भेटिएका संक्रमितहरु २७ र ६३ वर्षीय पुरुष रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय