अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 05:47

कोरोना विरुद्ध लड्न चार्टर विमानमार्फत सुदूरपश्चिम ३४ जना स्वास्थ्यकर्मी पठाईयो

बिआरटीनेपाल २०७७ वैशाख ५ गते ७:३६ मा प्रकाशित

चिकित्सकको अभाव रहेको सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमण फैलिएसंगै ३४ जना डाक्टर तथा स्वास्थ्यकर्मी र सहयोगीको टोली पठाईएको छ । यती एअरलाइन्सको चार्टर जहाजमार्फत ३४ जनाको टोली काठमाण्डौंबाट धनगढी गएको हो । यो टोलीलाई सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयले विभिन्न जिल्लामा खटाउने छ ।

सुदुरपश्चिममा कोरोनाको परिक्षण तिव्र बनाउनुपर्ने, संकास्पद र कोरोना संक्रमितको उपचारको लागि चिकित्सकको अभाव भएपछि काठमाण्डौंबाट टोली पठाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम नियन्त्रण र उपचारका लागि सुदूरपश्चिम प्रदेशमा ३४ जना रेजिडेन्ट चिकित्सक पठाएको जनाएको छ ।

चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स) मा एमडी अध्ययरत चिकित्सकहरुलाई त्यहाँ पठाईएको हो । चिकित्सकहरुलाई १ महिनासम्म उपचारमा खटाउने तथा आवश्यकताअनुसार समय बढाउन सकिने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय