अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०६ | Colorodo: 12:21

कोलम्बियाको राजधानीमा राहत माग्दै सर्वसाधारणद्धारा प्रदर्शन

बिआरटीनेपाल २०७७ वैशाख ४ गते २१:५१ मा प्रकाशित

कोलम्बियाको राजधानी बोगोटामा राहतको माग गर्दै सर्वुाधारणले प्रदर्शन गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि कोलम्बियामा देशभर क्वारेन्टाइन लागु गरिएको छ । सबै नागरिकलाई घरमै बस्न भनिएको छ । तर राजधानी बोगोटाका गरिब बासिन्दाले उचित राहतको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले राहतको राम्रो व्यवस्था गरिएमा मात्रै आफूहरु क्वारेन्टाइनमा बस्न सक्ने भन्दै प्रदर्शन गरेको बताईएको छ । कोलम्बियामा लकडाउन लागु भएको चौथो हप्ता सुरु भएको छ । अप्रिल २७ सम्म लकडाउन लागु हुनेछ । लकडाउनका कारण काम गुमाएका गरिबहरुका लागि भनी राष्ट्रपति तथा बोगोटाका मेयरले सहयोगको घोषणा गरेका छन्, तर आफूहरुले सो सहयोग नपाएको सर्वसाधारणले उल्लेख गरेका छन् ।

बोगोटाको दक्षिण क्षेत्रमा गरिबहरुको बसोबास छ । सो क्षेत्रमा ७० लाख भन्दा बढी मानिस बस्दै आएका छन् । कोलम्बियामा हालसम्म कोरोना भाइरसका कारण १४४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३२ सय ३३ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू