अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०७ | Colorodo: 12:22

टेलिभिजनमा दिएको अभिव्यक्तिका कारण ब्राजिलका स्वास्थ्यमन्त्री बर्खास्त

बिआरटीनेपाल २०७७ वैशाख ४ गते २१:४७ मा प्रकाशित

ब्राजिलका स्वास्थ्यमन्त्री मनडेटालाई पदबाट बर्खास्त गरिएको छ । स्वास्थ्यमन्त्री मनडेटाले एक टेलिभिजन कार्यक्रम दिएको अभिव्यक्तिका कारण राष्ट्रपति जायर बोलसोनारोले पदबाट हटाउनुभएको हो । स्वास्थ्यमन्त्री मनडेटाले टेलिभिजन कार्यक्रममा सरकार एकजुट भएर यो कोरोना महामारी संकट समाधान गर्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो । उहाँको यो अभिव्यक्ति खुल्लारुपमा राष्ट्रपतिको आलोचना गरेको ठानिएको छ ।

ब्राजिलका राष्ट्रपति बोलसोनारो लकडाउन गर्ने पक्षमा हुनुहुन्न । यता स्वास्थ्यमन्त्री मनडेटाले भने कोरोना भाइरसबाट जोगिन सामाजिक दुरी कायम राख्नुपर्ने लगायतका नियमको पालना गर्नुपर्ने बताउँदै आउनुभएको थियो । लकडाउन, सामाजिक दुरी लगायतका गतिविधिले जनतामा त्रास फैलिने भएकाले यी सब गर्न नहुने राष्ट्रपति बोलसोनारोको मत रहेको छ । उहाँ मानिसहरुलाई विना डर त्रास आफ्नो नियमित काम गर्न दिनुे पक्षमा हुनुहुन्छ । कोरोना भाइरसलाई ‘सामान्य फ्लु’ भन्दै आत्तिनु नपर्ने बोलसोनारोको भनाई छ ।

हेनरिकले आफू बर्खास्त भएको कुरा आफैंले ट्वीट गरेर जानकारी गराउनुभएको छ । उनले लेख्नुभएको छ , कोरोनाबाट हाम्रो स्वास्थ्य सेवामा भयंकर चुनौती आएको छ । समय छँदै उपाय लगाइएन भने स्वास्थ्य व्यवस्था धरमराउने छ ।

राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेको समाचार सार्वजनिक भएपछि ब्राजिलका नागरिकहरुले घरका बार्दलीबाट भाँडा बजाउँदै राष्ट्रपतिको बिरोध जनाएको बीबीसीले जनाएको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा ३० हजार ४ सय २५ जना कोरोना संक्रमित छन् भने १ हजार ९ सय २४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू