अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०१
| Colorodo: 16:16
कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको दोश्रो परीक्षणको नतीजा नेगेटिभ आएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार अर्की संक्रमित १९ वर्षीया युवतीको भने तेस्रो स्वाब परीक्षणको नतीजा पनि पोजेटिभ देखिएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा बिहीबार गरिएको पिसीआर परीक्षणमा यस्तो नतीजा आएको प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । कतार एअरवेयजको जहाजमा विदेशबाट आएका दुवैजनामा कोरोना संक्रमण भेटिएको थियो । दुवैको धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।
उनीहरुमध्ये युवती चैत १५ र महिला १९ गतेदेखि आइसोलेसनमा छन् । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको र कुनै पनि औषधि दिनु नपरेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिनुभएको छ ।
