अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 23:48

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० हजारभन्दा धेरै

बिआरटीनेपाल २०७७ वैशाख ४ गते ६:२८ मा प्रकाशित

अमेरिकामा नोबेल कोरोना भाइरसकोे सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ३० हजार ९ सय २५ पुगेको हो । विश्वविद्यालयका अनुसार संसारमै सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ६ लाख ४० हजार संक्रमित रहेका छन् ।

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस महामारीको उच्च तह पार गरेको दाबी गर्नुभएको छ । महामारीको उच्च तह पार गरिसकेका केही राज्य यहि अप्रिल महिनाबाटै खुला हुने आश्वासन पनि ट्रम्पले दिनुभएको छ । ह्वाइट हाउसमा पत्रकारहरुसँग ट्रम्पले बजार तथा सार्वजनिक गतिविधि सञ्चालन गर्ने सम्बन्धी नयाँ निर्देशन आज नै जारी गरिने जानकारी दिनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया