अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 23:52

अमेरिकाको न्युयोर्कमा कोरोनाको महामारीमा सेवा गर्ने यी नेपाली

विष्णुप्रसाद पौडेल, नेपालय २०७७ वैशाख ३ गते २०:५१ मा प्रकाशित

न्युयोर्क, हिजो आज न्युयोर्क सहर सुनसान छ बाहिर चहल पहल पटक्कै छैन, सधैँ भिडभाड भई रहने र कहिल्यै नसुत्ने सहर अहिले केही समय देखी निदाई रहेको छ । मान्छेहरू घरभित्रबाट बाहिर निस्कन डराई रहेका छन् तर केही यस्ता नेपालीहरू छन् जुन बिरामी भएर घर बसेका नेपाली हुन या उमेरले डाढा काटेर बाहिर जान नसक्नेहरूलाई औषधी होस या दैनिक आवश्यक सामाग्रीहरू घर घरमा पुराउँदै सेवा गर्दे आएका छन् ।

बिहानै सूर्यको किरण नउदाउँदै कोरोना विरुद्ध सचेतना एवं सहयोग समूह न्युयोर्क टिमको दिनचर्या भने यति बेला फेरिएको छ । घरबाटै निस्कन डरमानीरहेको यो अवस्थामा उनीहरू भने दिनप्रतिदिन बिहान देखी बेलुका सम्म यही सामाजिक कार्यमा नै व्यस्त भई रहने गर्छन् । आफ्नो ज्यान त जोखिम त छँदैछ त्यस माथि उनीहरुसगै निर्भर परिवारलाई पनि जोखिम मोल्दै न्युयोर्कको सहरमा नेपालीहरूको सेवामा खटिएका छन् यी बहादुरी नेपाली ।

कोरोना विरुद्ध सचेतना एवं सहयोग समूहका अगुवा आनन्द विष्ट भने हिजो आज सहयोगको चाँजोपाँजो मिलाउन मै अति व्यस्त छन् । हिजो आज उनी यती व्यस्त छनकी कोरोना रोगबाट सङ्क्रमणबाट बिरामी भएकाहरूको सहयोगको लागी उनको फोन पहिलेको तुलनामा तिन कुना बढी आउने गरेको छ ।

न्युयोर्क आसपासमा केही भए तुरुन्त खबर आउँछ यो समूहलाई संयोजन गरी भूमिका खेल्दै आएका आनन्द बिस्टलाई । त्यसपछि त्यो समूहमा न्युयोर्कको विभिन्न ठाउँलाई विभाजन गरिएको छ । जब न्युयोर्कमा कोरोनाको प्रकोप नेपालीहरूमा जब बढ्दै गयो त्यसपछि न्युयोर्कमा रहेका विभिन्न सङ्घ संस्थाहरूको प्रतिनिधीहरुको समूह समाहित रहेको यो समूहमा न्युयोर्कमा रहेका नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली एकता मञ्च, नेपाली समाज अमेरिका, प्रवासी नेपाली मञ्च, मधेसी एसोसिएसन इन अमेरिका, रिजयुट नेपाली सोसाइटी अमेरिका, नेपाल आदिवासी जनजाति महासङ्घ अन्तर्गतका विभिन्न सङ्घ संस्थाहरु पनि आबद्ध रहेका छन् । अमेरिका लगायतका सङ्घ संस्थाहरू रहेका छन् भने आवश्यक सामाग्री विभिन्न व्यक्ति तथा सङ्घ संस्थाहरूबाट प्राप्त हुने गरेको छ ।

यही समूहको आग्रहमा नै न्युयोर्क बाहिरबाट पनि टाइलनोल, थर्मामिटर, हेन्ड सेनिटाइजर, मास्क, हेन्ड ग्लोभ्स, एन ९५ मास्क लगायतका सामाग्रीहरू पनि आउने गरेको छ भने सम्बन्धित बिरामीहरुसगं पुर्‍याउने तथा सम्बन्धित ठाउँमा लिन पनि आउने गर्छन् ।

आफ्नो ज्यानलाई जोखिम मोल्दै यो बेला विष्णु राना मगर होस या पासाङ शेर्पा, आनन्द विष्ट, राप्के छिरिङ लामा, सञ्जीव श्रेष्ठ, सतेन्द्र शाह, शिव बानिया, मिलन शाही, राजकुमार विष्ट, टेक गुरुङ, अछुत सिग्देल, लक्यान लामा, महेश खड्का, अमित सिंह लगाएत यी बहादुर नेपालीहरू कोरोनासगं पौठाजोरी खेल्दै बिरामीहरूको घरदैलोमा स्वास्थ्य सामाग्री होस या दैनिक उपभोग्य सामाग्री घर सम्म सेवा दिँदै आएका छन् ।

दिन रात नभनी रात दिन खटिने यो बहादुर नेपालीहरू नेपालीहरूलाई मात्र होइन तिब्तियन, भुटानी, बगंलादेशी लगायतका व्यक्तिहरूलाई पनि बेला बेलामा सहयोग गर्दे आएका छन् । यस कार्यको संयोजन गर्दे आएका आनन्द विष्टका अनुसार हालसम्म कोरोना विरुद्ध सचेतना एवं सहयोग समूह न्यु योर्क न्युजर्सीद्धारा जम्मा जम्मी गरी पाँच देखी छ सय सम्मका व्यक्तिहरूलाई सेवा दिएको बताएका छन् ।

बिशेषगरी बिरामीहरूले यही समूहका सदस्यहरूलाई फोन गरेर नै आवश्यक सामाग्री मगाउने गर्छन् । चाहे अस्पतालको बेडबाट होस या घरबाटै होस उनीहरूलाई आवश्यक परेको चीज यो समूहले सहयोगी भूमिका पनि खेल्दै आएको छ । यती बेला न्युयोर्कका अस्पतालहरूमा एन ९५ मास्क अभाव भईरेको बेला माउन्ट साइन अस्पताल न्युयोर्कलाई समेत एन ९५ मास्क दिएर यो समूहले सहयोग गरेको छ । यस समूहलाई नेपाल रोटरी क्लब न्यु योर्क, सिटी काउन्सिल न्यु योर्क, सञ्जय थापा, लोक चेम्जोङ्ग, केशवराम राई, उर्गेन शेर्पा लगायतका व्यक्तिहरूले पनि सहयोगी भूमिका खेल्दै आएका छन् ।

न्युयोर्कमा अन्य समूह पनि कोरोना पीडितहरूलाई सहयोग गर्दे आएका छन् जस मध्ये एनआरएन अमेरिका न्यु योर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, अनन्त सुबेदी, यादव बास्तोला, मनिता गुरुङ तथा अधिकार मार्फत पनि विभिन्न उपयोगी भिडियो होस या अन्य नेपालीहरूलाई आवश्यक पर्ने अन्य सहयोगी भूमिका पनि खेल्दै आएको छ ।

कोरोना विरुद्ध सचेतना एवं सहयोग समूह न्युयोर्कले कहीँ कसैलाई केही परेमा सो क्षेत्रका व्यक्तिलाई सम्पर्क गर्ने समेत अनुरोध गरेको छ ।

Woodside area
-Anand Bista- (917) 415-6267
-Shiva Baniya- (917) 864-7038

Elmhurst area
Lok Chemjong- (646) 875-6402

Rego park/ Forest Hills
Milan K Shahi- 1 (646) ९४५-९६१०
Sanjaya Thapa-1 (917) 703-3195

Sunnyside/Astoria
Munindra Nengwang- (646) 379-9641
Tek Gurung -(917) 291-8901

Jackson Heights
Vishnu Rana Magar- (646) 696-5495

East Elhmurst
Passang Sherpa-(347) 607-0749

Ridgewood Area
Surya Paudel- 1 (347) 221-9602

Brooklyn Area
Rabi K Koirala- 1 (718) 838-4931

Corona Area
Rapke Lama 347) 652 3683

Jamaica/ Hillside -Area
krishna Lamichane-+1 (646) 657-6599

Long Island Area
Mahesh khadka- +1 (516) 262-2345
Bishwa Bastola- 1 (516) 263-9991
Durgesh Karki -1 (646) 704-3348
Narendra Subedi-(516) 547-1828

New Jersey
Satendra Shah- 1 (347) 738-7190
Sanjeev Shrestha- (347) 387 4316

प्रतिक्रिया