अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 12:25

विश्व स्वास्थ्य सङ्गठनलाई सबै मुलुकले सहयोग गर्नुपर्ने महासचिव गुथ्रेसको भनाइ

बिआरटीनेपाल २०७७ वैशाख ३ गते ७:५४ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घमा महासचिव एन्टोनियो गुथ्रेसले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई सबै मुलुकले सहयोग गर्नुपर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै गुथ्रेसको यस्तो भनाइ आएको हो ।

गुथ्रेसका प्रवक्ताले सार्वजनिक गरेको विज्ञप्तिमा कोरोना भाइरस कोभिड १९ को महामारी चलिरहेको अवस्थामा डब्लुएचओको भूमिका निकै महत्वपूर्ण हुने बताउनुभएको हो । विश्व अहिले महामारीमा रहेको अवस्थामा डब्लुएचओ वा अन्य कुनै मानवीय संस्थाको स्रोत साधन कटौती गर्ने समय नरहेको उहाँले बताउनुभयो ।

GA pm

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू