काठमाण्डौंको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने २ सय ९६ जनामा कोरोना संक्रमण नभएको पाईएको छ । गत चैत ५ गते बेलायत बाट आएर अपार्टमेन्टमा बसेका पनेरु परिवारका २ जनामा कोरोना संक्रमण देखिएपछि ए ब्लकमा रहेका २ सय ९६ जानको र्यापिड डाइग्नोस्टिक परीक्षण गरिएको थियो । परिक्षणमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
स्थानिय कागेश्वरी नगरपालिकाको सहयोगमा स्वास्थ्य सेवा विभाग इपिडिमेलोजी माहाशाखाबाट खटिएको डा. अमृत पोखरेल र महेन्द्र अधिकारीसहितको स्वास्थ्यकर्मी टोलीले बुधबार अपार्टमेन्टवासीको कोरोना परीक्षण गरेको हो । अपार्टमेन्टका बाँकी ब्लकका व्यक्तिहरुको बिहीबार परीक्षण गरिने बताईएको छ ।
प्रहरीले उक्त अपार्टमेन्टलाई ‘सिल’ गरेको छ भने कोलोनीसमेत बन्द गरेको छ । पाँचओटा ब्लक रहेको अपार्टमेन्टमा करिब ५०० परिवार बस्दै आएका छन् । प्रत्येक ब्लकमा १६/१६ तल्ला छन् भने एउटा तल्लामा ६ परिवार बस्छन् ।
