अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

बाजुरामा बाढीले बगाएर चार गोरु र एक सय बढी भेडा मरे

बिआरटीनेपाल २०७७ वैशाख २ गते २२:२१ मा प्रकाशित

बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–७ बाँधुमा हिजो बिहान साढे ४ बजे आएको वर्षापछिको बाढीले एक सय भेडाबाख्रा मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही गाउँपालिकाको ७ बाँधुको हाउली खोला नजिकै पालमुनी राखिएका मध्ये ४० बाख्रा मृत अवस्थामा भेटिएको र ७० बाख्रा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिनु भएको छ ।

उहाँले दिएको जानकारी अनुसार सोही वडाका स्थानीय विष्णुप्रसाद तिमिल्नसेनाकमो १३ बोका र २५ बाख्रा गरी ३८ वटा, दत्त तिमिल्सेनाका १२ बाख्रा र चार बाख्रा गरी १६ वटा, धनलाल तिमिल्सेनाका चार बोका र ३६ बाख्रा गरी ४० वटा र महेन्द्र कार्कीका १७ बाख्रा र तीन बोका गरी २० वटा बगाएको बताउनुभयो । घाइतेहरू घरमा राखिएको र बाढीले बगाएकाहरुको प्रहरी चौकी धुलाचौरबाट खटिएको टोली खोजी कार्यमा रहेको प्रहरी प्रवक्ता रोकायाको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय