अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६
| Colorodo: 18:11
नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म करिव दुइ अर्ब रुपैयाँ जम्मा भएको छ । कोषमा सरकारी तथा गैरसरकारी निकायबाट अहिलेसम्म एक अर्ब ९८ करोड ६७ लाख ७६ हजार सात सय ६० रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।
विज्ञप्ती अनुसार अहिलेसम्ममा सबैभन्दा बढी हिमानी ट्रष्टले दुइ करोड जम्मा गरेको छ भने त्यसभन्दा पछि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले दुइ चरणमा गरेर ६२ लाख ४ हजार ४ सय ४८ रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कोषमा हिजो मात्र चार करोड ७८ लाख १२ हजार एक सय ७९ रुपैयाँ जम्मा भएको छ ।
