अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८
| Colorodo: 06:13
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज देशवासीलाई सम्बोधन गर्नुहुने भएको छ । लकडाउनको अन्तिम दिन प्रधानमन्त्री मोदीले आज देशवासीलाई सम्बोधन गर्न लाग्नु भएको हो ।कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउनमा भारतमा भइरहेको २१ दिने लकडाउनको आज सकिँदैछ । लकडाउन भइरहे पनि भारतमा पछिल्लो समय कोरोना संक्रमण बढिरहेको छ ।
कोरोना संक्रमण बढेपछि उडिसा, पंजाब, महाराष्ट्र, तेलंगाना, पश्चिम बंगाल, कर्नाटक र तमिलनाडू लगायतका राज्यले लकडाउन फेरि थप्नु पर्ने जनाएका छन् । ती राज्यले लकडाउन थप्न केन्द्रीय सरकार समक्ष प्रस्ताव समेत गरेका छन् ।
त्यहाँका मुख्यमन्त्रीहरुले प्रधानमंन्त्री मोदीसंगको भिडियो कन्फरेन्समा लकडाउन थप्न प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री मोदीले देशवासीलाई सम्बोधन गरी लडकडाउन फेरि थप्ने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।