अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०२ | Colorodo: 06:17

खोप बिना कोरोना रोक्न सकिँदैनः विश्व स्वास्थ्य संगठन

बिआरटीनेपाल २०७७ वैशाख १ गते २२:२१ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमण प्रभावकारी खोप बिना कठिन हुने जनाएको छ । खोप नबन्दासम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने ठहर डब्लुएचओको छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले पत्रकारहसँग कोरोना भाइरस स्वाइनफ्लुभन्दा १० गुणा खतरनाक भएको पनि बताउनुभयो । तीब्र रुपमा फैलिरहेको कोरोना भाइरस २००८ को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक रहेको उहाको भनाई छ ।

सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा पहिलो पटक फेला परेको कोभिड–१९ का कारण करिब १ लाख २० हजारको मृत्यु भएको छ भने । करिब २० लाख मानिस संक्रमित छन् ।

सबैभन्दा बढी मानिसको मृत्यु र संक्रमण अमेरिकामा हुँदा उत्पत्तिस्थल चीनले भने कोरानामाथि नियन्त्रण गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू