अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०२
| Colorodo: 06:17
कोरोना भाइरसको उद्गमस्थल चीनमा पुनः कोरोना भाईरसका नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो ६ सातामा आइतबार सबैभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित भेटिएको जनाईएको छ । समाचार संस्था रोयटर्सका अनुसार रूससँग सीमा जोडिएको उत्तरपूर्वी चिनियाँ प्रान्त हेइलोङजियाङमा धेरै संक्रमित भेटिएका हुन्।
आइतबार चीनभरि भेटिएका १०८ नयाँ संक्रमितमध्ये ९८ जना विदेशबाट आएकाहरू छन्। त्यसमा पनि ४९ जना रूसबाट हेइलोङजियाङ प्रान्त आएका चिनियाँहरू धेरै रहेका छन् ।
रूसमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। सोमबारसम्म रूसमा १५ हजार ७ सय ७० मानिसमा संक्रमण देखिएको छ भने १३० जनाको मृत्यु भएको छ। रूसबाट आउनेहरूमा कोरोना भाइरस देखिन थालेपछि चीनले आफ्नो सीमामा थप कडाइ गरेको छ।