अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

“लकडाउनलाई पालना गरे कोरोनाविरुद्धको लडाँई जितिन्छ”– मुख्यमन्त्री गुरुङ

बिआरटीनेपाल २०७७ वैशाख १ गते ६:१४ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले नयाँ बर्ष २०७७ को अवसरमा प्रदेशवासी तथा सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिनुभएको छ । मुख्यमन्त्री गुरूङले नयाँ वर्षको शुभकामना सन्देश दिँदै अनुशासित भएर लकडाउन पालना गरे कोरोनाविरूद्धको लडाइँ जितिने बताउनुभएको छ । पछिल्लो समय नियमित रुपमा फेसबुक लाईभमार्फत प्रदेशमा कोरोना भाईरसविरुद्ध सरकारले गरिरहेका काम कारवाहीको वारेमा जानकारी दिंदै आउनुभएका उहाँले एक भिडियो सन्देश जारी गरी उक्त कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री गुरूङले कोरोना संक्रमित विरामीलाई पनि फोन गरेर सान्त्वना दिने गर्नुभएको छ । जारी भिडियो सन्देशमा उहाँले कोरोना नियन्त्रण तथा रोकथाम र उपचारका लागि प्रदेश सरकारले स्थानीय तहलाई बजेट दिइसकेको बताउनुभएको छ । दैनिक ज्यालादारी गरी खाने मजदुरलाई राहत वितरण गर्न गाउँपालिका, नगरपालिका र महानगरपालिकालाई क्रमशः ५ लाख, १० लाख र १ करोड अनुदान दिएको गुरुङले बताउनुभयो ।

प्रदेश सरकारले विकास निर्माणका गतिविधि रोकेर कोरोना नियन्त्रणमा सबै ध्यान केन्द्रित गरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशभर कूल २ सय ९५ क्वारेन्टाइन होममा ४ हजार ८ सय ७६ वेड क्षमता रहेको जानकारी गराउनुभयो । गण्डकी प्रदेशभर विदेशबाट आएकाहरूको संख्या ४ हजार ५ सय ४३ रहेकोमा तीमध्ये १ हजार ७ सय ४७ जनाको कोरोना परीक्षण गरिएको उहाको भनाई छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेशले १५ करोड रूपैंयाको कोष खडा गरेको र उक्त रकम अस्पताल र जिल्ला प्रशासनलाई दिईसकिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय