सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ । सोमबार ट्विट गर्दै प्रवक्ता श्रेष्ठले राष्ट्रियसभाबाट आफूले पाउने एक वर्षको पारिश्रमिक नलिने घोषणा गर्नुभएको हो । श्रेष्ठले एक वर्षमध्ये दुई महिनाको पारिश्रमिक कोभिड–१९ कोषमा र बाँकी महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजमा प्रदान गर्ने बताउनुभएको हो ।
“हामी अहिले कोभिड–१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं । यसबेला एकताबद्ध भई आ–आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी छ । यस स्थितिमा मैले राष्ट्रियसभा सदस्यको एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोभिड–१९ कोष र बाँकी बिपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्दछु,” श्रेष्ठले ट्विटरमा लेख्नुभएको छ , “हामी अहिले कोभिड– १९ र उत्पन्न सँकटको सामना गरिरहेका छौं । यसबेला एकताबद्ध भई आ–आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी छ । यस स्थितिमा मैले राष्ट्रियसभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये दुई महिनाको कोभिड–१९ कोष र बाँकी बिपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्दछु ।”
यसअघि, नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको महामारी अन्त्य नहुँदासम्म पारिश्रमिक नलिने घोषणा गर्नुभएको थियो ।
