अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२९
| Colorodo: 02:44
अमेरिकाको क्यालिफोर्नियामा लकडाउन उल्लंघन गरेको भन्दै ६ जनालाई गोली हानिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार उनीहरुलाई पार्टी गरिरहेको अवस्थामा गोली हानिएको हो । बेकर्सफिल्डस्थित एक अपार्टमेन्ट आसपासमा शनिबार मध्यरातपछि गोली चलेको आवाज सुनिएको थियो। वृहत पार्टी सुरु नहुँदै प्रहरीले स्थिति नियन्त्रणमा लिएको जनाइएको छ।
गोली प्रहारबाट घाइते भएकाहरुलाई तत्कालै अस्पताल पुर्याईएको र उनीहरु खतरामुक्त रहेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ। क्यालिफोर्निया प्रशासनलले कोरोना भाइरसको महामारी फैलन नदिन त्यहाँका ४ करोड जनतालाई घरबाहिर ननिस्कन आग्रह गरेको छ।