अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९ | Colorodo: 09:54

कोरोना भाइरस महामारी अन्त्य नभएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीको घोषणा

बिआरटीनेपाल २०७६ चैत ३० गते २२:५५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी अन्त्य नभएसम्म पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ । भिडियो मार्फत नयाँ वर्ष २०७७ को शुभकामना दिँदै ओलीले कोरोना भाइरसको महामारी नसकिँदासम्म आफूले पारिश्रमिक नलिने बताउनुभएको हो । आफ्नो पारिश्रमिक बापतको रकम कोभिड–१९ रोकथामका लागि बनाइएको प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा प्रधानमन्त्री ओलीले घोषणा गर्नुभयो ।

खाँचो परेका बेला आफूले कम खाएर पनि अरुलाई खुवाउने परम्परा रहेकाको बताउँदै उहाँले भन्नुभएको छ , ‘देशको कार्यकारी प्रमुखका हैसियतमा कोरोना भाइरसको महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’

अहिले मानवजातिका लागि खतराका रुपमा रहेको कोरोना भाइरसको महामारी अन्त्य गर्ने प्रयासमा सबैको साथ र सहयोगको अपेक्षा रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले देशको प्रगतिमा हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन सबैले मिलेर गर्नुपर्ने समेत बताउनुभएको छ ।

देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरी रहनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । विश्वमै संकट उत्पन्न गरेको कोरोना भाइरसको महामारी अन्त्यका लागि सबैको सहयोग र सहकार्य अत्यावश्यक रहेको उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय