अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२
| Colorodo: 02:57
आज नयाँ बर्ष २०७७ को पहिलो दिन। देशभर एक साथ राष्ट्रिय गान गुञ्जिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ वर्षमा विहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेअनुरुप देशभर राष्ट्रिय गान बजाईएको हो ।
प्रधानमन्त्रीले चिकित्सक, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन आग्रह गर्नुभएको थियो । मानिसहरुले घरको छतमा गएर राष्ट्रिय गीत गाएका छन् । ग्लोबल कम्प्याक्टले नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको थियो।
ग्लोबल कम्प्याक्टको आग्रह अनुसार विहान ८ बजे देशभरका विभिन्न रेडियो र टेलिभिजन स्टेसनबाट समेत राष्ट्रिय गान बजाइएको छ ।
