अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४५
| Colorodo: 06:00
कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सन स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । लण्डन अस्पतालमा उपचाररत प्रधानमन्त्री जोन्सन डिस्चार्ज भएको रोयटर्सले जनाएको छ।
स्वास्थ्यमा निरन्तर सुधार देखिएपछि प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरिएको उहाको सचिवालयले जनाएको छ । कोरोनाबाट संक्रमित भएका जोन्सनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि केही दिनअघि जोनसनलाई अस्पताल भर्ना गरेर आईसीयुमा राखिएको थियो।