अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०० | Colorodo: 21:15

सुडानमा निधन भएका नेपाली सेनाका प्रमुख सेनानी विष्टको अन्त्येष्टि

बिआरटीनेपाल २०७६ चैत ३० गते ७:५९ मा प्रकाशित

सुडानमा निधन भएका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) ऋदेश विष्टको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको शव आइतबार बिहान नेपाल ल्याइएको थियो। प्रमुख सेनानी विष्टको चैत १७ गते हृदयघातका कारण निधन भएको थियो । शनिबार विष्टलाई लिन श्री एयरलाइन्सको विमान सुडान गएको थियो।

कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले साउदी अरेबिया, ओमान, पाकिस्तान र भारतको हवाई क्षेत्रको अनुमति लिनु पर्दा प्रमुख सेनानी विष्टको शव ल्याउन ढिला भएको थियो । उहाकोे शव ल्याउने सबै जिम्मेवारी संयुक्त राष्ट्रसंघले नै पूरा गरेको नेपाली सेनाले जनाएको छ ।

विष्टको शव डाफोरबाट सुडानको राजधानी खार्तुम लगिएको थियो, त्यहाँबाट काठमाडौँ ल्याइएको हो । प्रमुख सेनानी विष्ट स्टाफ अफिसरका रुपमा ९ महिनाअघि सुडान मुख्यालयमा जानुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय