अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३७ | Colorodo: 21:52

नयाँ वर्षमा प्रधानमन्त्रीको अपिल –‘राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ !’

बिआरटीनेपाल २०७६ चैत ३० गते ७:५२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको पहिलो दिन कोरोनाविरुद्ध लडिरहेकाको सम्मानमा राष्ट्रिय गीत गाउन अपिल गर्नुभएको छ । चिकित्सक, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र राष्ट्रिय धुन बजाउन प्रधानमन्त्रीले आह्वान गर्नुभएको हो ।

संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रममा समर्थन गर्दै उहाँले त्यसमा सरिक हुन सवैलाई आग्रह गर्नुभएको हो । कम्प्याक्टले सोमबार विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको छ । सो प्रस्तावलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले ग्लोबल कम्प्याक्ट नेपालको अनुरोधमा सामेल हुन सबैलाई आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय