अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

वीरगन्जमा ३ जना कोरोना सङ्क्रमित भेटिए, कुल सङ्क्रमितको संख्या १२ पुग्यो

बिआरटीनेपाल २०७६ चैत २९ गते २३:२२ मा प्रकाशित

नेपालमा थप ३ जनामा कोरोना संक्रमण भेटिएको छ । यो संगै मुलुकमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ पुगेको छ । यद्यपी गएरातिको जाँचमा कोरोना सङ्क्रमित भेटिएका ३ जना भारतीय नागरिक हुन् । उनीहरू ३७, ४४ र ५५ वर्षका रहेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

उनीहरुमध्ये एकजना दिल्ली र दुई जना उत्तर प्रदेशका बासिन्दा रहेको खुलेको छ । तीनैजना व्यक्तिको सम्पर्कमा आएकाहरूको बारेमा अभिलेख खोज्नका लागि विज्ञ टोली परिचालन गरिएको डा. देवकोटाले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ५ हजार १ सय ८४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ ।

विभिन्न जिल्लामा अहिलेसम्म द्रुत रूपमा ३ हजार ३ सय २१ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । आजसम्ममा काठमाडौँ उपत्यकाभित्र १५ जना र उपत्यकाबाहिर ७० जना गरेर ८५ जना आइसोलेसनमा मन्त्रालयले जनाएको छ । देशभर ७ हजार ९ सय ७३ जना मानिस क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय