अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 02:54

अमेरिकामा थप एक नेपालीको कोरोनाका कारण मृत्यु

बिआरटीनेपाल २०७६ चैत २९ गते २३:०८ मा प्रकाशित

अमेरिकामा कोरोना संक्रमणबाट अर्का एक जना नेपालीको मृत्यु भएको छ  अमेरिकाको न्यूयोर्क ज्याक्सनहाइटमा बस्ने ४७ बर्षीय राजकुमार थापाको कोरोना संक्रमणका कारण निधन भएको जनाइएको

गत मार्च १९ मा उनलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो न्यूयोर्ककोक्वीन्समा रहेको एल्महस्र्ट अस्पतालबाट नर्थ सेन्ट्रल ब्रोक्स अस्पतालमा ट्रान्सफर गरिएका उनको निधन भएको एल्महस्र्टअस्पतालको डाइरेक्टरको कार्यालयले पुष्टी गरेको

गत मार्च १४ मा अस्पताल भर्ना भएका उनी हिडेरै अस्पताल पुगेका थिए न्यूयोर्कमा उबर चलाउँदै आएका उनले कोरोनाको त्रासकाकारण मार्चको शुरुदेखि नै उबर चलाउन छाडेका थिए

न्यूयोर्कका मृत्यु हुने थापा पाँचौं नेपाली हुन् यस अघि चार जनाको कोरोनाबाट मृत्यु भइसकेको छ। न्यूयोर्क अमेरिकामा सबैभन्दाबढी कोरोना संक्रमित राज्य हो

 

प्रतिक्रिया