अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४७ | Colorodo: 11:02

कोभिड १९ बारेका सूचना वितरणमा एकद्वार प्रणाली अपनाउन माग

बिआरटीनेपाल २०७६ चैत २९ गते २१:५८ मा प्रकाशित

कोभिड १९ को रोकथामका लागि सरकारले गरेको प्रयास र बच्ने उपायका बारेमा दिइने सूचनामा एकद्वार प्रणाली अपनाउन सरोकारवाला संघसस्थाले सरकारसँग आग्रह गरेका छन् । सूचना प्रवाहको प्रक्रिया एकद्वार प्रणाली र सूचना अध्यावधि तथा तत्थ्यपरक रुपमा प्रवाह गर्न वेबसाइट, एप्स, सामाजिक सञ्जाललाई नियमीत रुपमा अपडेट गर्न र नागरिकको सहि सूचना प्राप्त गर्ने अधिकारको संरक्षण गर्न उनीहरूले माग गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउँदै सामुदायिक रेडियो प्रसारक संघ अकोराब, सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल, फ्रिडम फोरम, नेपाल पत्रकार महासंघ लगायत ७ वटा संघसस्थाले राहत संकलन, खरिद तथा वितरणको कार्यलाई पारदर्शी र प्रभावकारी बनाउन पनि माग गरेका छन् ।

असंङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय तथा अन्य आवश्यक व्यक्तिहरूलाई उपलब्ध गराइने राहतसम्बन्धी मापदण्ड २०७६ लाई पूर्ण रुपमा कार्यन्वयन गर्न गराउन माग गरिएको अकोराबका अध्यक्ष सुवास खतिवडाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय