अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 02:57

कोरोना संंक्रमणबाट बेलायतमा लगातार दोस्रो दिन ९०० भन्दा बढीको मृत्यु

बिआरटीनेपाल २०७६ चैत २९ गते २१:५५ मा प्रकाशित

बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण एकै दिन ९१७ जनाको मृत्यु भएको छ । शनिबार एकै दिन ९१७ जनाको ज्यान गएसँगै बेलायतले सबै नागरिकलाई पुनः घर भित्रै बस्न भनेको छ ।

अहिलेसम्म बेलायतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएर अस्पतालमा उपचारको क्रममा ९ हजार ८७५ जनाको ज्यान गएको छ । लगातार दोस्रो दिन ९ सय भन्दा बढीको मृत्यु भएको हो । यसअघि शुक्रबार पनि बेलायतमा कोभिड–१९ बाट ९८० जनाको मृत्यु भएको थियो । बेलायतमा अहिलेसम्म कुल संक्रमितको संख्या ७८ हजार ९९१ पुगेको छ ।

यसैबिच प्रधानमन्त्री बोरिस जोन्सनले साथीहरुसँग आफ्नो जीवन नेशनल स्वास्थ्य सेवाका कर्मचारी (स्वास्थ्यकर्मी) हरुको देन रहेको र आफू सदैव ऋणि रहने बताउनुभएको छ । प्रधानमन्त्री जोन्सन अहिले लण्डनको अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँले आउँदो हप्ता पनि आराम गर्ने र काममा फर्किन हतारो नगर्ने जनाइएको छ । कोरोना भाइरसको संक्रमणपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएका जोन्सनलाई गएको आइतबार अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू