अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

नेपालमा रहेका क्यानडा तथा अष्ट्रेलियाका नागरिकहरु चार्टर्ड जहाजमा स्वदेश फर्के

बिआरटीनेपाल २०७६ चैत २९ गते ७:२४ मा प्रकाशित

कोरोना भाइरसको महामारीका बेला नेपालमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउने क्रम विभिन्न देशहरुले जारी राखेका छन् । सोही क्रममा शनिबार क्यानडा तथा अस्ट्रेलियाका नागरिक पनि स्वदेश फर्केका छन् । कतार एअरवेजको विमान चार्टर्ड गरेर क्यानडाले नेपालमा रहेका आफ्ना नागरिक फिर्ता लगेको हो । क्यानडाले चार्टर्ड गरेको विमानमा अस्ट्रेलियन तथा सीमित अमेरिकीहरु पनि स्वदेश फिर्ता भउका छन् ।

शनिबार कुल २५० जनालाई लिएर कतार एअरवेजको विमान दोहा गएको छ । त्यसमध्ये ४३ जना अस्ट्रेलियन नागरिक छन् । दिल्लीमा रहेको क्यानडियन दूतावासको समन्वयमा क्यानडियन नागरिकका लागि जहाज चार्टर्ड गरेको हो । २०७ क्यानडियनका लागि दोहाबाट मोन्ट्रियलका लागि उडान तय भएको छ । यस्तै ४३ जना अस्ट्रेलियनहरु पनि त्यहिँबाट सम्बन्धित गन्तव्य पुग्ने छन् ।

उनीहरुलाई दोहाबाट त्यहाँ स्थित आफ्नो देशका दूतावासहरुले सम्बन्धित देशको उडानमा पठाउने छन् । क्यानडियनलाई लिएर जाने विमान मोन्ट्रियलमा अवतरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय