अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 06:10

नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन चीन तयार

बिआरटीनेपाल २०७६ चैत २९ गते ७:२३ मा प्रकाशित

नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन तयार रहेको चीनले जनाएको छ । नेपाली सेनाले खरिद गर्ने स्वास्थ्य सामग्रीको सूची अनुसारका सामग्री आफूसँग उपलब्ध रहेको र नेपाललाई दिन सकिने भन्दै चीनले पत्र पठाएको हो । दुई दिनअघि सेनाले परराष्ट्र मन्त्रालयमार्फत नेपाललाई आवश्यक स्वास्थ्य सामग्रीको सूचीसहित ५ देशमा पत्राचार गरेको थियो ।

ती देशमध्ये चीनले मात्रै सामग्री दिन सकिने बताएको हो । भारतले हालसम्म कुनै प्रतिक्रिया भने नदिएको बताइएको छ । दक्षिण कोरिया र इजरायलले तत्काल स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्ने बताएका छन् । सेनालाई चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि आवश्यक तयारी गर्न सीसीएमसीले अनुमति दिएको छ ।

यसअघि चैत १६ गतेको मन्त्रिपरिषद्ले नेपाली सेनामार्फत स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेको थियो । स्वास्थ्य मन्त्रालयले टेन्डर प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता र गुणस्तरहीन सामग्री ल्याएपछि ठेकेदार कम्पनी ओम्नीसँगको सम्झौता रद्द गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय