अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१३ | Colorodo: 13:28

मुलुकमा लकडाउनको समयावधि लम्बिने, नाकामा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७६ चैत २९ गते ७:२१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै लकडाउनको समयावधि लम्बिने भएका कारण त्यसैअनुसारको तयारी गर्न निर्देशन दिनुभएको छ । आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियोमार्फत भएको छलफलमा प्रधानमन्त्री ओलीले नोबेल कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नुको विकल्प नभएको बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

लकडाउनको समय चाँडै अन्त्य नहुने र सीमा नाकामा अझ अडाइ गरिनेमा प्रधानमन्त्रीले जोड दिनुभएको पनि थापाले बताउनुभयो । भारतमा सङ्क्रमण फैलिने क्रम नरोकिएको बारेमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले यस्तो बेलामा लकडाउन खुला गर्ने बारेमा सोच्नु हतार हुने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले आज करिब चार घण्टा मुख्यमन्त्रीहरूसँग भिडियोमार्फत छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय