अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६
| Colorodo: 22:11
कृषि तथा पुशपंक्षी विकास मन्त्रालयले नाबेले कोरोना भाइरसको महामारीका कारण नेपालमा भोकमरीको अवस्था आउन सक्ने औँलयाएको छ । स्थानीय सरकारहरुलाई तत्काल कृषि र किसानका लागि योजना बनाउन मातहतका सरकारलाई सङ्घ सरकारले पत्र पठाएको छ ।
कृषि मन्त्री घनश्याम भुसालले अहिलेको अवस्थामा खाद्यान्नमा आत्मनिर्भर हुनको लागि काम गर्न स्थानीय तहलाई आग्रह गर्नुभएको हो । स्थानीय तहहरुलाई पत्र लेखेर मन्त्री भुषालले कृषि उपज खरिदसम्बन्धी व्यववस्था, जमिनको चक्लाबन्दीको सम्भावनाका विषयमा र बाँझो जमिन उपयोगको विषयमा सूचना माग गर्नुभएको छ ।
मन्त्री भूषालले कोरोनाले निम्त्याएको समस्याको मिलेर समाधान गर्ने बताउनुभयो । सुदूरपश्चिम प्रदेश र प्रदेश २ सरकारले भने किसान राहत कार्यक्रम घोषणा गरिसकेका छन् ।
