अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२
| Colorodo: 03:07
दक्षिण एसिया (सार्क) मा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार दक्षिण एसियामा यो भाइरसबाट भारतमा सबैभन्दा धेरैको मृत्यु भएको छ ।
भारतमा २ सय २९ र पाकिस्तानमा ६६ जना मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ । बंगलादेशमा २७, अफगानिस्तानमा १५ र श्रीलंकामा ७ जनाको यो भाइरसबाट मृत्यु भएको छ ।
नेपाल, माल्दिभ्स, र भुटानमा भने यो भाइरसबाट कसैले पनि मृत्यु भएको छैन । दक्षिण एसियामा संक्रमित हुनेको संख्या पनि १२ हजार नाघिसकेको छ ।