अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०४ | Colorodo: 03:19

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन कुराकानी

बिआरटीनेपाल २०७६ चैत २८ गते ७:२८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन सम्वाद गर्नुभएको छ । नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा आफूले भारतीय समकक्षी मोदीसँग छलफल गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिनुभएको हो ।

आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्ने र थप सहज बनाउने विषयमा पनि कुराकानी भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ । भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगको लागि आफूले मोदीलाई धन्यवाद दिएको ओलीले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय