अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 02:46

अमेरिकामा कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चुनौती

बिआरटीनेपाल २०७६ चैत २७ गते २२:३१ मा प्रकाशित

अमेरिकामा कोरोना भाईरस संक्रमणका कारण ज्यान गुमाउनेहरुको शव ब्यवस्थापनमा कठिनाई उत्पन्न भएको । कोरोना भाइरसले महामारीको स्थिति सृजना गरेको अमेरिकामा शव व्यवस्थापन गर्न कठिनाइ भएसंगै नयाँ चुनौति थपिएको हो । कोरोनाका कारण दैनिक सरदर २ हजारको ज्यान गएको अमेरिकामा भाइरसको रोकथाम र नियन्त्रणसँगै शव व्यवस्थापन नयाँ चुनौति बनेको बताईन्छ ।

अधिकारीहरुका अनुसार शवगृहमा अत्याधिक धेरै संख्यामा शव आउने गरेका छन् । त्यसमा शव गृहले भार धान्न नसकिरहेको स्थिति छ । संक्रमणबाट जोगिन सामाजिक दूरीसँग जुधिरहेका परिवारले आफ्ना मृतक सदस्यको अन्त्येष्टि गर्ने कुनै संभावना समेत देखेका छैनन् । अमेरिकाका सबैजसो अस्पताल, स्वास्थ्य प्रणाली, कोरोनरको कार्यालय, सबैतिरबाट शवको लाइन मात्रै आउने गरेको मेड अलायन्सले बताएको छ ।

अब कोरोना भाइरसले मृत्यु भएकाहरुको शव कसरी व्यवस्थापन गर्ने भनेर सबै अस्पताल र निजी मेडिकल समूहको चिन्ता बढेको सीएनएनले जनाएको छ । मृतकका आफन्तले स्टोरेज सुरक्षित गर्न पनि माग गरिरहेका छन्। कतिपयले भने शवलाई सड्न नदिन प्लाष्टिकमा पोको पारेर चर्चको गोदाममा राख्ने गरेका छन् ।

यही अवस्था जारी रहे कोरोना भाइरसको महामारीका कारण अमेरिकामा २ लाख ४० हजारको ज्यान जानसक्ने अमेरिकाका स्वास्थ्यविद्हरुले अनुमान गरिसकेका छन् ।

प्रतिक्रिया