अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६
| Colorodo: 03:11
विश्वव्यापी रुपमा फैलिईहेको कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमणबाट सबैभन्दा धेरै वृद्ध मानिसहरु प्रभावित भएका छन् । तर कोरोनाबाट सङ्क्रमित भएका बेलायतका एक १ सय १ वर्षीय वृद्ध भने उपचारपछि निको भएका छन् । बेलायतको वोरसेस्टरशायरका किथ वाट्सन उपचारपछि निको भएर घर फर्किएको वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ ।
शल्यक्रियाको लागि अल्पताल पुग्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । केही समयको उपचारपछि उनी निको भएको अस्पतालले जनाएको छ । उनी अस्पतालबाट फर्किएपछि घरका सबै सदस्यले उनीसँग फोटो खिचाएर फेसबुमा शेयर गरेका छन् । यो फोटो अहिलेसम्म ३ हजारभन्दा शेयर भएको छ भने ५ सयभन्दा धेरैले प्रतिक्रिया जनाएका छन् ।