अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 02:59

कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने औषधि पत्ता लाग्यो– राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७६ चैत २७ गते २२:२५ मा प्रकाशित

विश्व कोरोना भाईरसको महामारीमा फसिरहेको वेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी हुने औषधि पत्ता लागेको दावी गर्नुभएको छ । ह्वाइटहाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको संक्रमण फेरि फैलिन नदिन प्रभावकारी हुने औषधि उत्पादन गरेको जानकारी दिनुभयो ।

औषधिको मानिसमा परीक्षण हुन बाँकी रहेको र चाँडै मानवीय परीक्षण गरिने जानकारी उहाँले दिनुभयो । ट्रम्पले अहिले त्यसको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले परीक्षण गरिरहेको बताउनुभयो । ट्रम्पले कोरोना भाइरसको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन प्रभावकारी हुने भन्दै उक्त औषधि पठाउन भारतसँग आग्रह नै गर्दै आउनुभएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकामा अहिलेसम्म २० लाखभन्दा बढी व्यक्तिको कोरोना भाइरस परीक्षण गरिएको दाबी पनि गर्नुभएको छ ।

प्रतिक्रिया