अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०४ | Colorodo: 10:19

लकडाउनको उल्लङ्घन गर्दै भारत पुगेका संघीय सांसद यादबलाइ क्वारेन्टाइनमा राख्न निर्देशन

बिआरटीनेपाल २०७६ चैत २७ गते ७:५५ मा प्रकाशित

गृह मन्त्रालयले संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । बिहीबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेको हो ।

समाजवादी पार्टी नेपालका सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किनुभएको थियो । सरकारी निर्णयको अवज्ञा गर्ने समाजवादी पार्टीको तर्फबाट पर्सा क्षेत्र नं १ वाट निर्वाचित सासद प्रदीप यादव भारत जानुभएको थियो ।

क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिनुभयो । सांसद यादव र यादबसंग गएका अन्यलाई घरमा नै क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय