अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 02:59

भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा १७ को मृत्यु, ५४० नयाँ संक्रमित

बिआरटीनेपाल २०७६ चैत २७ गते ७:५४ मा प्रकाशित

भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । बिहीबार साँझसम्मको तथ्यांकअनुसार भारतमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या ५ हजार नाघेको छ । अहिलेसम्म ५ हजार ७३४ जनामा यसको सङ्क्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

यसैबीच, पछिल्लो २४ घन्टाभित्र मात्र ५४० जना संक्रमित थपिएका छन् । भारतमा अहिलेसम्म ४०० भन्दा बढी सङ्क्रमित भने उपचारपछि निको भएर घर फर्किएका छन् भने ५ हजार भन्दा बढी विरामी अस्पतालमा उपचाररत् छन् ।

गत २४ घन्टायता मात्रै भारतमा मृत्यु हुनेको संख्या १७ रहेको छ । यो संगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १६६ जना पुगेको छ । भारतमा दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु निकै चुनौतीपूर्ण भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू