अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

लकडाउनमा रोकिएकालाई घर जान दिने निर्णय भएको छैन– नेपाल सरकार

बिआरटीनेपाल २०७६ चैत २७ गते ७:४७ मा प्रकाशित

मुलुकमा लागु गरिएको लकडाउनका कारण रोकिएकाहरुलाई शुक्रवार र शनिवार घर जान दिइने भन्ने कुनैपनि निर्णय नभएको सरकारले स्पष्ट पारेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले दुई दिन अलपत्र परेकाहरुलाई बाहिर जान दिने निर्णय गरेको भनी संचारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपछि सरकारले यस बिषयमा स्पष्ट पारेको हो ।

११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै घर तर्फ जान थालेका छन् । लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ फर्कन चाहनेहरुलाई लक्षित गर्दै घर जान दिने निर्णय गरेको भनिएको थियो । तर, यस्तो कार्यले कोरोना संक्रमणको जोखिम झनै बढ्ने भन्दै सरकारले यससम्वन्धमा कुनै निर्णय नभएको जनाएको हो ।

तर, सरकारले लकडाउनको समयमा घर फर्कन चाहने यात्रुहरुका लागि निश्चित मापदण्डसहित जान दिने बिषयमा भने गृहकार्य गरिरहेको छ । लकडाउनको समय बढेसँगै शहरी क्षेत्रमा रहेका बिद्यार्थी र दैनिक ज्यालादार मजदुरको अवस्था निकै कमजोर बनेको निश्कर्षसहित सरकारले घर जान चाँहनेहरुका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय