अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४
| Colorodo: 17:29
गण्डकी प्रदेशको बागलुङमा कारोनाको उच्च जोखिम बढेपछि र्यापिड टेष्ट शुरु गरिएको छ । आजबाट यस्तो टेष्ट थालिएको हो । कम्तीमा १ हजार जनाको यापिड टेष्ट गर्ने किटसहित स्वास्थ्य मन्त्रालयको टोली जिल्ला पुगेपछि परिक्षण थालिएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीसंगै २ थान भेण्टिलेटर, १ सय थान पीपीई, १ हजार थान मास्क र १ हजार थान र्यापिड टेष्टका लागि प्रयोग हुने किट लगायतका सामग्री समेत बागलुङ लगिएको छ । सरकारले यसअघि यापिड टेष्टबाटै बागलुङमा कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो । जिल्लामा रहेका २ संक्रमित, उनीहरुको परिवार र सम्पर्कमा रहेका र अन्य विदेशबाट आएका शंकास्पद ९ सय भन्दा बढीको परीक्षण गर्ने अस्पतालले जनाएको छ ।
