अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४ | Colorodo: 04:09

घरमै बसिरहेका कर्मचारीहरूलाई काममा सक्रिय हुन सरकारको आग्रह

बिआरटीनेपाल २०७६ चैत २७ गते ७:४० मा प्रकाशित

सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन घरमै बसिरहेका राष्ट्रसेवक कर्मचारीहरूलाई पनि सक्रिय बनाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अत्यावश्यक सेवा बाहेकका कर्मचारीले आफूभन्दा एक तहमाथिको कर्मचारीसँग नियमित सम्पर्कमा रहेर टेलिफोन, इन्टरनेट लगायतको प्रविधि प्रयोग गरेर घरबाटै गर्नसक्ने काम गर्न भनेको छ ।

त्यस्तै कोरोनाको जोखिमबाट बच्न सरकारको निर्देशन पालना गर्न परिवारका सदस्य र सम्पर्कमा रहेका व्यक्तिहरूलाई सहजीकरण गर्न कर्मचारीहरुलाई भनिएको छ । आफू बसेको ठाउँ वरपर कोभिड–१९ प्रभावित स्थानबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने र नबसेको पाइए सम्बन्धित वडा कार्यालयमा जानकारी गराउने र सोको सूचना जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई समेत गराउन मन्त्रालयले निर्देशन दिएको छ । यसैगरी कुनै व्यक्तिमा कोभिड नाइन्टिनसंग मिल्दोजुल्दो लक्षण देखिए सम्बन्धित निकायमा खबर गर्न, राहत वितरणमा सहयोग गर्न र कालोबजारी नियन्त्रण गर्न मन्त्रालयले कर्मचारीहरुलाई सूचित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय