अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 03:02

विश्वभर स्वास्थ्यकर्मीको सुरक्षामा खतरा उत्पन्न

बिआरटीनेपाल २०७६ चैत २६ गते ७:१५ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन, डब्लुएचओले कोरोनाभाइरसको महामारीका कारण विश्वभर स्वास्थ्यकर्मीको सुरक्षामा खतरा उत्पन्न भएको बताएको छ । सङ्गठनले प्रकाशन गरेको नयाँ प्रतिवेदनले खासगरी अग्रमोर्चामा काम गर्नुपर्ने नर्सहरु जोखिममा रहेको जनाएको छ ।

महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले ‘विश्वका नर्सहरुको स्थिति प्रतिवेदन २०२०’ सार्वजनिक गर्दै नर्सहरु कुनै पनि स्वास्थ्य प्रणालीका मेरुदण्ड रहेको उल्लेख गर्नुभयो । विश्वभर हाल २ करोड ८० लाख नर्सहरु कार्यरत छन्, विश्वमा अहिले ५९ लाख नर्सको कमी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू