अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

कोरोना सङ्क्रमित ३ लाखभन्दा धेरै उपचारपछि निको

बिआरटीनेपाल २०७६ चैत २५ गते २२:१७ मा प्रकाशित

विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित भएकामध्ये तीन लाखभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । दुई सय ९ देश र दुई वटा अन्तर्रा्ष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाबाट १४ लाख २५ हजार सात सय १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये तीन लाख एक हजार आठ सय २८ जना उपचारपछि निको भएका छन् । १० लाख ४१ हजार ९ सय २० जनाको उपचार भइरहेको छ । त्यस्तै ८१ हजार ९ सय ६८ जनाको ज्यान गएको छ ।

गएको २४ घण्टामा अमेरिकामा मात्रै झण्डै दुई हजार जनाको ज्यान गएको छ । एक हजार ९ सय १९ जनाको ज्यान गएसँगै अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या साढे १२ हजारभन्दा धेरै भएको छ । ३ लाख ९५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै फ्रान्समा पनि एकैदिन एक हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा ज्यान गुमाउनेको सङ्ख्या १० हजार भएको छ । इटलीमा १७ हजारभन्दा धेरै, स्पेनमा १४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

गएको २४ घण्टामा विश्वका विभिन्न देशमा सात हजार तीन सय १४ जनाको ज्यान गएको छ भने ७९ हजार ६ सय ८० जना नयाँ बिरामी थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय