प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा गरेको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह असन्तुष्ट देखिनुभएको छ । सामाजिक सजालमार्फत् आफ्नो धारणा राख्दै पूर्वराजा शाहले सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न नसकेको आरोप लगाउनुभएको छ । उहाँले राज्यको कर प्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहँदा पनि सरकारको ध्यान भने जान नसकेको टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्री केपी ओलीले मंगलबार देशवासीलाई सम्बोधन गर्दै कोरोना भाइरसविरुद्धको अभियानमा सघाउन आमजनतासँग अपील गर्नुभएको थियो । सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफ्नो धारणा राख्दै पूर्वराजा शाहले भन्नुभएको छ , ‘कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिकप्रति सरकारको विशेष चासो हुनु सह्रानीय छ तर आम नागरिकको दैनिक समस्याप्रति सम्बोधन नहुनु निराशाजनक हो । राज्यको करप्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहेको छ जसमा सरकारको ध्यान अत्यन्त न्यून देखिनु दुःखद् पक्ष हो ।’
